• १३ मंसिर २०८१, बिहिबार

विधिको शासन अहिलेको आवश्यकता : नेता कोइराला

blog

कार्यक्रममा नेता शेखर कोइराला । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली

भरतपुर, बैशाख ७ गते । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधिको शासन, भ्रष्टाचारमुक्त समाज कायम गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । आज यहाँ आयोजित चुनावी सभामा उहाँले लोकतन्त्र रक्षाका लागि विधिको शासन जरुरी रहेको बताउनुभएको हो । 

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले कुनै पनि नीति र विचार नभएको स्वतन्त्र पार्टीले देश विकासमा योगदान दिन नसक्ने बताउनुभयो । कसैको भुलभुलैयामा नपर्न उहाँलदे मतदातालाई आग्रह गर्नुभयो ।  

चितवन क्षेत्र २ का उम्मेदवार जीतनारायण श्रेष्ठले चुनाव जिते आफूले देश जनताको विकासमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । अहिलेसम्मको अवस्था हेर्दा आफूलाई मतदाताको अपार माया पाएको उहाँले दावी गर्नुभयो ।