• १३ मंसिर २०८१, बिहिबार

ठूला दलका नेता अत्तिएका छन् : सभापति लामिछाने

blog

चुनावी सभामा सभापति लामिछाने । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, वैशाख ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका नेताहरु आफूविरुद्ध खनिएको र अभियान देखेर आत्तिएको बताउनुभएको छ । उपनिर्वाचनको चुनावी सभालाई विहीबार भरतपुरमा सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जितेमा भ्रष्टाचारको फाइल खुल्ने डरले आफूमाथि निरन्तर आक्रमण भइरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सुशासनको पक्षमा छौं, जनताको हितलाई शीरमा राखेर हिंडेका हामी माथि निरन्तर आक्रमण भइरहेको छ ।’

“हामी जनतालाई के बाचा गर्छौ भने भ्रष्टाचारीको एक–एक गरी फाइल खोल्छौं । राज्यको सम्पत्ति खाने अधिकार कसैलाई छैन” जनताको समस्या समाधान गर्नेभन्दा आफूले कमाउने र जनतालाई सधैं अभावमा राख्नेहरु मेरो उम्मेदवारीबाट तर्सिएको बताउनुभयो । 

जनताको अवस्था वदल्न आएका हामीलाई देशभरीबाट अपार माया आएको बताउनुभयो । निर्वाचनमा तनहुँ, चितवन र बाराबाट जित सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा पार्टीका माहामन्त्री मुकुल ढकाल, सांसद तोसिमा कार्की, सोविता गौतम, हरि ढकाल, उम्मेदवार स्वर्णीम वाग्लेलगायतले धारणा राख्नुभएको थियो ।