बारा, वैशाख ७ गते । सत्ता गठबन्धनका शीर्ष नेता वैशाख १० गते हुने उपनिर्वाचनको चुनावी सभामा सक्रिय भएका छन् । बुधबार तनहुँ पुगेका शीर्ष नेता आज बारामा आइपुगेका छन् ।
वैशाख १० गते हुन गइरहेको उपचुनावमा बारा क्षेत्र २ मा सत्ता गठबन्धनको तर्फबाट उपेन्द्र यादव उम्मेदवार बन्नुभएको छ। यादवलाई मत माग्न आयोजित चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता बारा पुग्नुभएको हो ।