• १३ असोज २०८१, आइतबार

राष्ट्रिय सभा बैठक सर्‍यो

blog

काठमाडौं, वैशाख १४ गते । आज (बिहीबार) बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

विशेष कारणवश स्थगित भएको बैठक भोलि वैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी बोलाइएको सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

“मिति २०८० साल वैशाख १४ गते बिहीबार अपराह्न १ बजे १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल वैशाख १५ गते शुक्रबार अपराह्न ४ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको छ’’ सूचनामा भनिएको छ ।