• ३ पुस २०८२, बिहिबार

लेखा आयोग अध्यक्षमा डा. कँडेल

एमाले अनुशासन आयोग अध्यक्षमा डा. पहाडी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशन केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गर्दै पुुस ३ गते सम्पन्न भएको छ । 

अध्यक्ष ओली तेस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । महाधिवेशनले आन्तरिक प्रतिस्पर्धामार्फत ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । त्यस्तै महाधिवेशनले केन्द्रीय लेखा र अनुशासन आयोगको पनि नेतृत्व चयन गरेको छ । 

अन्तिम परिणाम लगत्तै नवनिर्वाचित नेतृत्वको शपथ ग्रहण सम्पन्न भएको छ । मंसिर २७ गतेबाट सुरु भएको ११ औं महाधिवेशनमा २२ सय ६३ जना प्रतिनिधि सहभागि थिए । २२ सय २७ जना प्रतिनिधिहरुले मतदान गरेका थिए । विद्युतीय मेशिनबाट मतदान गरिएकाले कसैको पनि मत बदर भएन ।