• १२ असार २०८१, बुधबार

कांग्रेस सांसद भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किँदै

blog

उपचारकोक्रममा कांग्रेस सांसद चन्द्र भण्डारी ।

काठमाडौं, वैशाख १६ गते। भारतमा दुई महिना लामो स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फर्किनुहुने भएको छ।भण्डारीका स्वकीय सचिव बोधराज कँडेलका अनुसार आइतबार उहाँ नेपाल वायुसेवा निगमको मुम्बई-काठमाडौंको नियमित उडानबाट स्वदेश फर्किन लाग्नुभएको हो।

गुल्मी जिल्ला क्षेत्र नम्बर १ का  सांसद भण्डारी गत वर्ष फागुन ३ गते उपचारका लागि भारत जानुभएको हो।उहाँको भारतको महाराष्ट्र, मुम्बईस्थित  नेसनल बर्न अस्पतालमा उपचार भएको हो।आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा  आमाको निधन भएको थियो भने उहाँ गम्भीर घाइते हुनुभएको हो।कीर्तिपुरमा उपचारको क्रममा सांसद भण्डारीकी आमा ८६ वर्षीया हरिकलाको फागुन ४ गते निधन भएको थियो।

सांसद भण्डारीका स्वकीय सचिव कँडेलका अनुसार उहाँको थप उपचार अब नेपालमै हुनेछ।उहाँले भन्नुभयो, ‘अहिले उहाँको स्वास्थ्य क्रमिकरूपमा सुधार भइरहेको छ।अबको बाँकी थप स्वास्थ्योपचार नेपालमा नै गरिने भएको छ।’

सांसद भण्डारी आइतबार दिउँसो २ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु हुनेछ।