काठमाडौं, वैशाख १८ गते। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त हुनुभएको छ।
सोमबार पार्टी उपसभापति एवम् कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गर्नुभएको हो।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नुभएको हो।