कोलम्बो, पुस ५ गते । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपतकालीन वित्तीय सहायता स्वीकृत गरेको छ ।
आइएमएफका अनुसार यो सहयोग ‘रैपिड फाइनान्सिङ इन्स्ट्रुमेन्ट’अन्तर्गत प्रदान गरिएको हो र यो श्रीलङ्काको कोटा रकमको करिब २६ प्रतिशत बराबर छ । आइएमएफका उप-प्रबन्धक र कार्यवाहक अध्यक्ष केन्जी ओकामुराले बताउनुभयो, “यसले श्रीलङ्कामा तत्कालै मानविय र पुनर्निर्माण आवश्यकता व्यवस्थापन गर्न मद्दत गर्ने छ, जसले राजकोषीय दबाब र भुक्तानी सन्तुलनसम्बन्धी चुनौती कम गर्ने अपेक्षा गरिएको छ ।”
ओकामुराले आपतकालको समयमा छिटो प्रतिक्रिया देखाएको श्रीलङ्काली सरकारको प्रशंसा गर्दै भन्नुभयो,“आईएमएफ यस कठिन परिस्थितिमा श्रीलङ्काली जनतासँग खडा छ र भविष्यमा पनि देशको पुनर्निर्माण र आर्थिक सुधार प्रयासमा समर्थन जारी राख्ने छ । रासस/सिन्ह्वा