भक्तिविलास पोखरेल
गाईघाट, पुस ५ गते । उदयपुरमा दाजुले धारिलो हतियार प्रयोग गरेर आफ्नै भाइको हत्या गरेका छन् ।
त्रियुगा नगरपालिका-१, जोगिदह हाटखोलाका ४३ वर्षीय युवराज राईले भाइ ३० वर्षीय धर्मराज राईलाई शनिबार बिहान २:०० बजे खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
दाजुले आमालाई कुटपिट गरेको विषयमा आपसमा भएको विवाद पछी भाइमाथि युवराजले खुकुरी प्रहार गरि गम्भीर घाइते भएका धर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा निजको शनिबार बिहान २:५० बजे अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनापछि फरार युवराजको प्रहरीले खोजी कार्य जारी राखेको तथा मृतकको सव पोस्टमार्टमका लागि अस्पतालको सव गृहमा राखिएको छ ।
घटनका विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाइले बताउनु भयो ।