• ७ पुस २०८१, आइतबार

बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँः सभापति देउवा

blog

काठमाडौँ, वैशाख २२ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।  

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा उहाँले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्नुभएको छ । साथै उहाँले दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

 “दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन्”, सभापति देउवाले सन्देशमा उल्लेख गर्नुभएको छ  । उहाँले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।