• १२ पुस २०८१, शुक्रबार

मन्त्री लामा र वडाध्यक्षलाई कारबाही सिफारिस

blog

अन्तर्घात गरेको भन्दै कारवाही सिफारिस सूचिमा राखिएको बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामा ।

सिन्धुपाल्चोक, भदौ १० गते । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पालिका अध्यक्ष उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामा र वडा अध्यक्षसहितलाई कारबाहीको लागि नेपाली कांग्रेस जिल्ला कार्यसमितिमा सिफारिस गरिएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामा, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जिमी लामा, पासाङ लामा, पूर्व उपाध्यक्ष कोपिला पण्डित, उहाँका पति श्रीराम पण्डित, वडाध्यक्ष नीलबहादुर खड्का, खेतनाथ घिमिरे, कृष्ण घिमिरे, भोजबहादुर पण्डितलाई कारबाही गर्न जिल्ला समितिलाई सिफारिस गरेका छन् ।  

त्यस्तै पूर्व वडाध्यक्ष हर्कबहादुर तामाङ, क्रियाशील सदस्य सन्तोष खड्का, निमा लामा, शिवप्रसाद लामिछाने, नवराज लामिछाने, भागीरथ लामिछाने, केशव लामिछाने, राजन लामिछानेलाई कारबाहीको माग गरिएको छ । उनीहरुलाई नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाहीको माग गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभएको छ । उक्त कारबाहीको पत्र नेपाली कांग्रेस केन्द्रीय समिति, बागमती प्रदेश समितिलाई बोधार्थ पठाइएको उहाँले थप्नुभयो । 

Author

चित्र मिजार