• ११ मंसिर २०८१, मङ्गलबार

निलम्बित प्रधानन्यायाधीश राणालाई संसदीय समितिले बयानका लागि बेलायो

blog

फाइल तस्बिर

काठमाडौं, भदौ ८ गते । महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई बयानको लागि बोलाएको छ। बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो। 

बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले सो कुराको जानकारी दिनुभएको हो। उहाँले समितिको बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरेको बताउनु भयो। 

बैठकको निर्णय सुनाउँदै समिति सभापति बिष्टले भन्नुभयो,  ‘‘महाअभियोग सिफारिस समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको छ। दोस्रो, समितिको कार्यतालिकालाई परिमार्जनसहित स्वीकृत गरिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई मिति २०७९/०५/१५ गते ११ बजे सोधपुछ बयानको लागि बोलाउने निर्णय गरियो।’ 

बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ।