• १४ असार २०८१, शुक्रबार

अपरान्ह ४ बजे कार्यदलको बैठक

सत्ता गठबन्धन बैठक : निर्वाचन क्षेत्रको अध्ययन प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन

blog

फाइल तस्बिर

काठमाडौं, भदौ ९ गते । सत्तारुढ गठबन्धनले देशका सबै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरेर प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले देशको १६५ निर्वाचन क्षेत्रको अवस्थाको बारेमा अध्ययन गरेर विस्तृत प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिनुभयो।उहाँले गठबन्धनका शीर्ष नेताले दिएको निर्देशन अनुसार कार्यदलले छलफल गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘‘आज फेरि कार्यदलमै जिम्मेवारी दिने निर्देशन भएको छ । आज हामी चार बजे कार्यदलको बैठक बसेर आज शीर्षस्थ नेताहरुले दिएको निर्देशन अनुसार कार्यदलले समग्र रुपमा छलफल गरेर प्रतिवेदन नेतृत्वलाई बुझाउने निर्णय भएको छ । अब कार्यदललाई आधार तयार गरेर अहिलेको परिस्थितिमा १६५ निर्वाचन क्षेत्रको अवस्था के–कस्तो छ,  त्यसको बारेमा विस्तृत प्रतिवेदन बनाएर पेस गर्ने निर्देशन कार्यदललाई प्राप्त भएको छ ।’’

उहाँले बिहीबार अपरान्ह ४ बजे कार्यदलको बैठक बस्दैछ । बैठकले गठबन्धनको निर्देशन अनुसार प्रतिवेदन तयार गर्नेछ ।