• ७ पुस २०८१, आइतबार

दातृ निकायको सहयोगलाई लक्षित वर्गमा पुर्‍याइने छ : मन्त्री आचार्य

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य

काठमाडौं, वैशाख २७ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले दातृ निकायको सहयोगलाई लक्षित वर्गमा पुर्‍याउने बताउनु भएको छ । 

समाज कल्याण परिषदको अध्यक्षको पद वहालीपछि मन्तव्य राख्दै समाज कल्याण परिषदमार्फत राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले खर्च गर्ने बैदेशिक सहयोग रकमलाई देशको कुना कन्दरा र लक्षित समुदाय एवम् बर्गसमक्ष पुर्‍याउने गरी कार्य गर्ने बताउनु भएको हो ।

उहाँले खर्च गर्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कामलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

सो कार्यक्रममा मन्त्री आचार्यले समाज कल्याण ऐन २०४९, संस्था दर्ता ऐन २०३४ लगायतका सम्बन्धित कानुनलाई समयसापेक्ष संशोधन गरी समयानुकूल बनाउने प्रतिबद्धता जनाउनु भयो । 

मन्त्री आचार्यले समाज कल्याण परिषदको काम, कारबाहीलाई प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन पहल गर्ने जानकारी गराउनु भयो । 

मन्त्री आचार्यले परिषदका पदाधिकारी-कर्मचारीहरुलाई सेवामुखी भई आफ्नो दायित्व र जिम्मेवारी बुझेर कार्य गर्न निर्देशन दिनुभयो । 

आगामी दिनमा समाज कल्याण परिषदमा धेरै कार्य गर्नुपर्ने भएकाले सोमा आफूले ध्यान दिने र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालका लक्षित वर्गका लागि बढीभन्दा बढी श्रोत जुटाउन पनि  अनुरोध गर्नुभयो ।