पशुपतिमा धार्मिक तथा पर्यटकको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि महत्त्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रतिवेदन पेस
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
‘मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस्’
राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
चितवन–२ र तनहुँ–१ को उपनिर्वाचनका लागि कांग्रेसले टुङ्ग्यायो उम्मेदवार
नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–२ र तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ ।
मिटरब्याजी पीडकलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्छ : सदस्य शर्मा
राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्नुहुँदै सदस्य शर्माले मिटरब्याजी पीडितहरू आन्दोलित भइरहेको उल्लेख गर्नुहुँदै मिटरब्याज पीडकहरूलाई कानुन बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो ।
राष्ट्रिय सभाको शून्य समय : मिटरब्यार पीडितको समस्या तत्काल समाधान गर्न माग
राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले मिटरब्याज पीडितहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई अनुरोध गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । बैठक आज (बिहीबार) बिहान कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।
आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने
मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ ।
आठ महिनामा एक चौथाइ भन्दा कम विकास खर्च
सरकारको आम्दानी र खर्चमा सन्तुलन देखिन छाडेको छ । चालू आर्थिक वर्षको आठ महिनाको तथ्याङ्क हेर्दा सङ्कलित राजश्वले चालू खर्च धान्न समेत नसक्ने देखिएको छ ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
राष्ट्रपतिद्वारा सल्लाहकार नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले उहाँहरूलाई बुधबार सल्लाहकार नियुक्त गर्नुभएको हो । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुनुहुन्छ भने कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुनुहुन्छ ।
मर्यादा विधेयकमा संशोधन दर्ता
राष्ट्रिय सभामा प्रस्तुत राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ मा तीनवटा संशोधन प्रस्ताव दर्ता भएको छ । उक्त विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने ७२ घण्टाको समयसीमा बुधबार समाप्त भएको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राष्ट्रिय सभाका ११ जना सदस्यले तीन समूहमा विभिन्न १८ बुँदामा तीनवटा संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संशोधनको बढी भाग अनुसूची १ सँग सम्बन्धित छन् ।” विधेयकको अनुसूची १ मा सरकारी एवं सार्वजनिक पदाधिकारी तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका अति विशिष्ट व्यक्ति तथा महानुभावहरूको कदर एवं सम्मानका लागि मर्यादाक्रम तोकिएका छन् ।
सत्ता साझेदार दल बैठक : मन्त्रालय बाँडफाँटमा सहमति
सत्ता साझेदार १० दलीय गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको विषय टुङ्ग्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई चरणमा बसेको बैठकमा मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएको हो। सत्तारूढ दलबीच सहमति जुटेसँगै बिहीबार मन्त्रिपरिषद् विस्तार हुनेभएको छ। बैठकपछि जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो। उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा सैद्धान्तिक सहमति भइसकेको छ। मापदण्ड के हुने, कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा एकसरो समझदारी भयो। बिहीबार साँझसम्ममा मन्त्रिपरिषद् विस्तार हुने र शपथग्रहण गर्ने तयारी भइरहेको छ।”
सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न सकेन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको बताउनुभएको छ ।
भयरहित वातावरणमा एसईई परीक्षा सञ्चालन हुन्छ : शिक्षामन्त्री यादव
मधेश प्रदेश सरकारका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले यस वर्षको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभएको छ।
चेपाङ र माझी समुदायको पर्वमा प्रदेश सरकारले बिदा दिने
बागमती प्रदेश सरकारले माझी र चेपाङ समुदायको पर्वमा सार्वजनिक बिदा दिने भएको छ ।
नेकपा (एस) बाट डा. भुसाल र ज्वाला मन्त्री हुँदै
नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।
सञ्चार क्षेत्र समावेशी बनाउन पहल गर्ने उपराष्ट्रपति यादवको प्रतिबद्धता
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सञ्चार क्षेत्र पूर्ण समावेशी हुनुपर्नेमा जोड दिनुभएको छ।
सत्ता गठबन्धन दलबीच मन्त्रिपरिषद् विस्तारमा सैद्धान्तिक सहमति
सत्ता गठबन्धन दलको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति जुटेको छ।
सेवा प्रवाहमा तदारुकता देखाउन मुख्मन्त्रीको निर्देशन
लक्ष्मी चौधरीजनकपुरधाम, चैत १५ गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाहमा चिकित्सक र कर्मचारीलाई बिरामीको उपचारमा कुनै प्रकारको लापरबाही नगरी सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिनुभएको छ।मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामको सेवामा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले सेवा सुधारतर्पm पहल गर्नुहुँदै सो निर्देशन दिनुभएको हो।उहाँले अस्पतालको सेवा प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही गरिने चेतावनीसमेत दिनुभयो। मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको दोस्रो पटक आकस्मिक अनुगमन गर्ने क्रममा कार्यरत सम्पूर्ण कर्मचारीलाई चेतावनी दिनुभएको हो।अस्पतालमा गुनासो बढेपछि मुख्यमन्त्री यादवले अस्पतालको सेवा प्रवाह सुधार गर्न अग्रसरता देखाउँदै अस्पतालको अनुगमन गर्नुभएको थियो ।अनुगमनकै क्रममा मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउन चिकित्सकसहित अस्पतालका अन्य कर्मचारी पनि प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो। मुख्यमन्त्रीले मंगलबार राति ९ बजे अस्पतालको आकस्मिक कक्षलगायत अन्य कक्षको अनुगमन गर्नुभएको हो।अस्पतालको व्यवस्थापनमा प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रेक्टर डा. अंकुर साह र रजिष्टार डा. बिनोद यादव हुनुहुन्छ।
प्रतिनिधि सभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस
प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।
सरकारको न्यूनतम साझा कार्यक्रमलाई बिहीबार अन्तिम रूप दिन्छौँ : नेता लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबारसम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रूप पाउने बताउनुभएको छ।
कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुग्यो
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ।
सरकारले संसद्लाई महत्त्व दिनुपर्छ : रघुजी पन्त
प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको गतिहीनताले समग्र सांसदमाथि प्रश्न उठेको बताउनुभएको छ।