• ७ पुस २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डलाई राप्रपाले बुझायो ज्ञापन-पत्र

नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुन्छ : प्रधानमन्त्री दाहाल

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन-पत्र बुझाउनुहुँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता। तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख  २९  गरे। प्रधानमन्त्री पुष्पकमल  दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञापन-पत्र बुझाएको छ। शुक्रबार दिउँसो सिंहदरबारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले ज्ञापन-पत्र बुझाउनुभएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएकाे छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनु भएको छ ।     

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभएको हो ।     

  प्रधानमन्त्री दाहालले उक्त प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाउनुभयो । उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताउनुभयो ।   

राष्ट्रिय प्रजातन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल सरकारको निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जुनसुकै तहका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन दबाब दिने उद्देश्यले सो ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्र बुझाएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभयो, ‘‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई पनि कारबाही हुनुपर्ने, छानबिनको प्रक्रिया कुनै बहानामा रोक्न नहुने कुरा राखेका छौं ।’’

यसैगरी, अध्यक्ष लिङ्देनले २०४६ सालपछि भ्रष्टाचारसँग सम्बन्धित सबै मुद्दाको छानबिन हुनुपर्ने माग पनि राखेको बताउनु भयो ।