सेभिल्ला (स्पेन), असार १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखको सम्मानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी हुनुभएको हो । प्रधानमन्त्री ओली र प्रधानमन्त्री साञ्चेजबिच आइतबार दुईपक्षीय भेटवार्ता भएको थियो ।