• १८ असार २०८२, बुधबार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

blog

काठमाडौँ, असार १८ गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५४ पैसा र बिक्रीदर १३७ रुपियाँ१४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ २३ पैसा र बिक्रीदर १६१ रुपियाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८८ रुपियाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपियाँ ०७ पैसा र बिक्रीदर १७३ रुपियाँ ८३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९० रुपियाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३४ पैसा र बिक्रीदर १०० रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४२ पैसा र बिक्रीदर १०७ रुपियाँ ९० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ१५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४१ पैसा र बिक्रीदर ३६ रुपियाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५३ पैसा र बिक्रीदर ३२ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४७ पैसा र बिक्रीदर १४ रुपियाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६१ पैसा र बिक्रीदर २१ रुपियाँ ७० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७  पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ५३ पैसा र बिक्रीदर ४४९ रुपियाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ १३ पैसा र बिक्रीदर ३६३ रुपियाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ६४ पैसा र विक्रीदर ३५६ रुपियाँ २० पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस