प्रतिनिधि सभा : उच्चस्तरीय छानबिन समिति गठनको माग कायमै
प्रतिनिधि सभाको आजको बैठकमा पनि सुन तस्करीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याइएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
ऊर्जा विकासको कार्य योजना अन्तिम चरणमा : मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताउनुभएको छ ।
बालुवाटार बैठक : सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ।
आमसञ्चार ऐन छिट्टै ल्याउँछौँ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
विपद् व्यवस्थापनमा पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
सङ्घीयताबारे नकारात्मक टिप्पणी नगरौँ : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकारले गरेका केही कमीकमजोरीलाई लिएर सङ्घीयताबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।
सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिनुभएको छ ।
सदन खोल्न प्रधानमन्त्री सक्रिय, बालुवाटारमा तीन दलको बैठक सुरु
सदन सुचारु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर सक्रिय रहँदै आउनुभएको छ । संसद् सुचारु गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार मङ्गलबार पनि तीन दलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग युरोपेली सङ्घका राजदूतको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेट गर्नुभएको छ ।
न्यु मिडियालाई स्वनियमनबाटै व्यवस्थित गर्नु पर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाटै गर्न सकिने बताउनुभएको छ। प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा आयोजना गरेको न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यु मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। “न्यु मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दै छ। हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसात् गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला,” उहाँले भन्नुभयो, “सबैभन्दा ठुलो कुरा स्वनियमन र आचारसंहिता हो। यो नभए कानुन पनि त चाहिएला। त्यसतर्फ सोचौँ।”
गतिरोध चाँडै अन्त्य हुन्छ : प्रम
दलहरूको अडान यथावत् रहेपछि सदनको गतिरोध अन्त्यका लागि सभामुखसहितका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ । बैठक मङ्गलबार फेरि बस्ने सहमति भने भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार दुई चरण शीर्ष नेतासहितको परामर्श भएको थियो । तर सुन प्रकरणमा प्रमुख प्रतिपक्ष दलको माग अनुसार उच्चस्तरीय समिति गठन गर्ने वा नगर्ने विषयमा सहमति नभएपछि अवरोध यथावत् छ । सत्तापक्ष र प्रतिपक्षबिच समझदारी नबन्दा प्रतिनिधि सभाको बैठक मङ्गलबारसम्म स्थगित गरिएको छ । मङ्गलबार बिहान सभामुखसहित शीर्ष नेताबिच पुनः छलफल हुने छ ।
सिआइबीद्वारा सुन तस्करी प्रकरणमा अनुसन्धान सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङबाट बरामद भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । सिआइबीले यस प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेल र इजिप्टका राजदूतबीच शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजिप्टका राजदूत नोहा ह्याम्डी अहेम्ड इल्जाबेलीबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैल्लजा रेग्मी भट्टराईका अनुसार सोमबार राष्ट्रपति भवनमा भेटका अवसरमा दुई देशबीचमा रहेको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको छ ।
समृद्धिका लागि सबल शक्तिको नेतृत्व आवश्यक : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनपछि जनताको अवस्था परिवर्तन गर्न सबल, देशभक्त र सच्चा शक्तिको नेतृत्व आवश्यक पर्ने बताउनुभएको छ ।
योजना बैङ्क बनाउँदै छौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभरिका योजना समेटेर योजना बैङ्क निर्माण गरिने उल्लेख गर्नुभएको छ ।
प्रमुख तीन शीर्ष दलबिच सहमतिको प्रयास जारी
संसद् सञ्चालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबिच बसेको दोस्रो चरणको बैठकमा सहमतिको प्रयास जारी राखिएको छ ।
राष्ट्रपतिद्वारा चार राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
संसद् सुचारु गराउने विषयमा शीर्ष नेताको बैठक पुनः सुरु
संसद् बैठक सुचारु गराउने मुख्य एजेण्डासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । सोमबार अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो ।
४ बजेका लागि सर्यो प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठकको समय परिवर्तन भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अपराह्न ४ बजेका लागि सरेको हो ।
आजै पुनः बस्ने गरी सकियो शीर्ष नेताको बैठक
संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
शिक्षा विधेयकप्रति थारु समुदायको आपत्ति
संसदमा पठाउन मन्त्रिपरिषदबाट पारित भएको शिक्षा विधेयकप्रति थारु समुदायका अगुवाले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग क्लस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि सङ्घीय शिक्षा ऐन संशोधन गर्न बनेको विधेयकमा त्यस्तो नगरिएको भन्दै सो समुदायले आपत्ति जनाएको हो ।