काठमाडौं, साउन २३ गते । सदन सुचारु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर सक्रिय रहँदै आउनुभएको छ । संसद् सुचारु गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटार मङ्गलबार पनि तीन दलको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित हुनुहुन्छ ।