• २७ वैशाख २०८२, शनिबार

प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित

blog

काठमाडौं, साउन २२ गते । प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले आज ४ बजे बस्ने गरी तय भएको प्रतिनिधि सभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको अर्को बैठक साउन २३ गते मङ्गलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको जानकारी दिनुभयो ।