गोरखापत्र अनलाइन
काठमाडौं, साउन २२ गते । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजिप्टका राजदूत नोहा ह्याम्डी अहेम्ड इल्जाबेलीबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैल्लजा रेग्मी भट्टराईका अनुसार सोमबार राष्ट्रपति भवनमा भेटका अवसरमा दुई देशबीचमा रहेको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको छ ।
भेटका क्रममा राष्ट्रपतिले सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २७) सफलतापूर्वक सम्पन्न् गरेकोमा इजिप्ट सरकारलाई बधाई ज्ञापन गर्नुभएको भट्टराईले बताउनुभयो ।