• २० असार २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डसँग युरोपेली सङ्घका राजदूतको भेट

blog

काठमाडौँ, साउन  २३  गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेट गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उहाँहरुबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायत विषयमा समेत छलफल भएको बताइएको छ । रासस