• ११ मंसिर २०८१, मङ्गलबार

राष्ट्रपतिद्वारा चार राजदूत नियुक्त

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, साउन २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संयुक्त राष्ट्र सङ्घका लागि नियोग, न्युयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदमा लोकबहादुर थापा नियुक्त हुनुभएको छ ।

उहाँका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले थापासहित राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि,  राजदूत विष्णु पुकार श्रेष्ठलाई कोरिया र ब्राजिलका लागि र राजदूत निर्मलराज काफ्लेलाई पाराग्वेका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो ।  

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम राजदूत नियुक्त गर्नुभएको हो ।