मालिक होइन सेवक हुँ भन्ने भावले काम गर्नुहोस् : उपप्रधानममन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौँ भन्ने नभइ जनताका सेवक हौँ भन्ने भावले काम गर्नुपर्ने बताउनुभएको छ।
सुन प्रकरणमा उच्च तहको संलग्नता छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक क्विन्टल सुन प्रकरणमा उच्च तहको संलग्नता भएको शङ्का रहेको बताउनुभएको छ।
द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस् : उपप्रधानमन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याउनुभएको छ ।
राष्ट्र निर्माणमा आदिवासी जनजातिको निर्णायक भूमिका : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवम् समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक : ‘संसद्लाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुल्न नसक्ने अडान लिएका छन् ।
उपराष्ट्रपति यादव चीन भ्रमणमा जानुहुँदै
उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमणमा जानुहुने भएको छ । जनवादी गणतन्त्र चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लाग्नुभएको हो ।
तीन महिने अभियान पार्टीको अन्तिम परीक्षा होः प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले नेकपा (माओवादी केन्द्र) को भदौ १६ गतेदेखि सुरु हुने तीन महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ।
अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय
सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
महाधिवेशनको यात्रामा माओवादी
नेकपा (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ ।
‘सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्छ’
नेकपा (एमाले) का सचिव एवम् गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अवैध रूपमा नेपाल भित्रिएको सुन काण्डको छानबिन गर्न कानुनबमोजिम उच्चस्तरीय समिति गठन पर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरोध गरेको हो ।
नागरिकता विहीनको दुःख सम्बोधन गर्न नागरिकता ऐन : मन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम खाका (ड्राफ्ट) पूरा भइसकेको र आगामी मन्त्रिपरिषद् बैठकमा पेस हुने बताउनुभएको छ ।
आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील छ : मुख्यमन्त्री पाण्डे
गण्डकी, साउन २४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गर्नुभयो । “जनजाति भाषा, संस्कृति, परम्परागत ज्ञान, तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन् । अधिकार तथा आर्थिक विकासका दृष्टिकोणले अझै उत्पीडित र विभिन्न वर्ग समुदायमा रहेका जनजातिको उत्थान गर्ने दायित्व हामी सबैको हो”, सन्देशमा भनिएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रुपमा यो दिवस मनाउँदै आइएको र ‘आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने नाराका साथ आज संसारभरिका आदिवासी समुदायले यो दिवस मनाइरहेको सन्देशमा उल्लेख छ । रासस
अवरुद्ध राजमार्ग छिटो सुचारु गर्न मुख्यमन्त्रीको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोका कारण गएरातिबाट अवरुद्ध भीमदत्त राजमार्गलाई छिटो सुचारु गर्न निर्देशन दिनु भएको छ ।
माधव नेपालको स्पष्टीकरण : ललिता निवास प्रकरणमा बदमासी गरेको छैन
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले केही पनि नबिराएको र बदमासी नगरेको प्रस्टीकरण दिनुभएको छ । पार्टी कामको सिलसिलामा स्विट्जरल्यान्ड पुग्नुभएका अध्यक्ष नेपालले सर्वोच्च अदालतले अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले त्यसबारे थप बोलिरहनु नपर्ने उल्लेख गर्नुभयो ।
प्रस्तावित प्रन्याविरुद्ध उजुरी आह्वान
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । मङ्गलबारको प्रारम्भिक बैठकले श्रेष्ठको सुनुवाइ प्रक्रिया थालनी गर्दै उजुरी आह्वानको निर्णय गरेको छ । उजुरीका लागि समितिले १० दिनको समय दिएको छ । नेकपा (एमाले) संसदीय दलका सचेतक एवं समिति सदस्य महेश बर्तौलाले सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी आह्वान गरिएको जानकारी दिनुभयो । उजुरीको समय सकिएपछि समितिले सुनुवाइका बाँकी प्रक्रिया अघि बढाउने छ ।
प्रहरी रिपोर्ट अब अनलाइनबाटै
प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) अब अनलाइनमार्फत सहजै पाइने भएको छ । यसअघि भौतिक उपस्थितिमा दिइने गरेको सो प्रमाणपत्र अनलाइन सेवामार्फत वितरण थालिएको हो । अनलाइनमार्फत प्रमाणपत्र दिन थालेपछि सेवाग्राहीलाई प्रहरी कार्यालय धाउने र बिहानदेखि दिनभर लाइन बस्नुपर्ने समस्याबाट राहत मिलेको छ । अनलाइनबाटै फाराम भरेर आवश्यक कागजात भरेपछि त्यसको पुस्ट्याइँ (अनलाइन भेरिफिकेसन) गरेपछि सेवाग्राहीले अनलाइनबाटै प्रमाणपत्र पाउने कन्सुलर सेवा विभागले जनाएको छ । अनलाइन प्रणालीबाट सेवा दिने कार्यको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उद्घाटन गरेपछि आइतबारबाट विधिवत् रूपमा प्रमाणपत्र वितरण सुरु भएको हो ।
संविधानको सार्थक कार्यान्वयन नेपाली कांग्रेसले मात्रै गर्न सक्छः महामन्त्री थापा
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गर्नुभएको छ।
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो।
नेपालको संस्कृति विश्वमा चिनाउनु पर्दछ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विविध सांस्कृतिक पहिचान विश्वमा चिनाउने गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
१५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैङ्कलाई स्वीकृत दिने सरकारको निर्णय
सरकारले १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैङ्कलाई स्वीकृत दिने निर्णय गरेको छ । मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
नेविसंघ केन्द्रीय तदर्थ समितिमा ७१० सदस्य मनोनीत
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय तदर्थ कार्य समितिमा सात सय १० सदस्य मनोनित भएका छन् ।
राष्ट्रपति पौडेलसँग युरोपियन युनियनका राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ।
छानबिन समिति बनाउने विषयमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव
नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राख्नुभएको छ ।