काठमाडौं, साउन २३ गते । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) केन्द्रीय तदर्थ कार्य समितिमा सात सय १० सदस्य मनोनीत भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसङ्घ केन्द्रीय तदर्थ समितिमा पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न जिल्लाका सो सदस्य मनोनीत गर्नुभएको हो ।