नवनियुक्त मन्त्री साहले लिनुभयो शपथ
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कांग्रेस बैठक आज पनि बस्दै
नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा संसद् र सरकारका कामलाई प्रभावकारी बनाउने सन्दर्भमा छलफल भयो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा ५० जना सांसदले बोल्नुभएको बताउनुभयो । उहाँले सोमबारको बैठकमा अरू सांसदले बोलेपछि बैठकले महत्वपूर्ण निर्णय गर्ने बताउनुभयो ।
नवनियुक्त मन्त्री साहको शपथ १० बजे
नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहको आज बिहान १० बजे राष्ट्रपतिबाट शपथ गराउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सांसद अमनलाल मोदीलाई पार्टीले फिर्ता बोलाएसँगै जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त हुनु भएको थियो ।
संसद्को सात महिना तदर्थमै
प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको छ । तर सङ्घीय संसद्का दुवै सदन अहिलेसम्म तदर्थमै चलिरहेका छन् । कामकाजी बन्नुपर्ने संसद् लथालिङ्ग छ । मिनी संसद् नेतृत्वविहीन छन् । विधायिकी र संसदीय निगरानी ठप्प छन् । पछिल्लो तीन सातायता त राजनीतिक रूपमा समेत संसद् बन्धक छ ।
अनितादेवीको शपथ आज
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बेलुका बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मोदीलाई फिर्ता बोलाएपछि जनमत पार्टीकी सांसद अनितादेवी साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।
उपराष्ट्रपति यादव आज चीन जाँदै
उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जानुहुने भएको छ ।
नेपाली कांग्रेसको नवीन प्रयास, नीतिगत प्रतिस्पर्धाका लागि अवधारणापत्र आह्वान
नेपाली कांग्रेसले युवालाई नीतिगत कार्यमा प्रतिस्पर्धात्मक रूपमा संलग्न गराउन अवधारणापत्र मागेको छ। कांग्रेसले युवालाई नीति निर्माण र छलफलमा सक्रिय रूपमा संलग्न गराउने, युवा र नीति निर्माण प्रक्रियाबिचको खाडल हटाउने उद्देश्यले नीति निर्माणसम्बन्धी प्रतिस्पर्धाका लागि सामूहिक रूपमा अवधारणापत्र आह्वान गरेको हो।
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा साहलाई, सोमबार बिहान सपथ
जनमत पार्टीका तर्फबाट अनितादेवी साहले सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिनु हुनेभएको छ ।
‘सदन सञ्चालन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ’
नेपाली कांग्रेसका सांसदहरूले अवरुद्ध सङ्घीय संसद्को बैठक सञ्चालन गर्न सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ ।
मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय
नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
सरकार फेरबदलको कुरा भएको छैन : कांग्रेस सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय बैठकमा सरकार फेरबदलको विषयमा छलफल नभएको बताउनुभएको छ ।
प्रदेश सभा बैठक तत्काल राख्न एमालेको माग
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सभाको बैठक तत्काल राख्न माग गरेको छ ।
जनमतलाई सरकारमा सहभागी गराउनेबारे माओवादी पदाधिकारी बैठक
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा केही बेरदेखि जारी रहेको छ ।
हरेक महिनाको ‘रिपोर्ट कार्ड’ पेस गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन कायम गर्न र सेवा प्रवाहलाई गुणस्तरीय बनाउन अब कुरा होइन काम गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई दृष्टिगत गरेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गर्नुभयो ।
सरकार पूर्वाग्राही हुनुहुँदैन : मन्त्री डा.महत
अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकार पूर्वाग्राही भएर प्रस्तुत नभएको बताउनुभएको छ । बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
बाढीले म्यानमारमा ४५ हजार मानिस विस्थापित
म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरू विस्थापित भएका छन् ।
आज एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने
समसामयिक राजनीतिक घटनाक्रम बारे नेकपा (एमाले)ले आफ्नो पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टीले आज(आइतबार) दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरी धारणा सार्वजनिक गर्ने जनाएको छ ।
पक्राउ परेका सांसद शर्माको बारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै
सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बिहान ११ बजेबाट नयाँ बानेश्वरमा बस्ने भएको छ ।
कोइरालाको प्रतिबद्धता अनुकरणीय
नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइराला नै सुशासन र पारदर्शितामा सबैभन्दा प्रतिबद्ध तथा निष्ठावान् राजनीतिज्ञ रहेको चर्चा विज्ञहरूले गरेका छन् । स्वर्गीय कोइरालाको ८४ औँ जन्मजयन्तीका अवसरमा ‘सुशील कोइराला मेमोरियल फाउन्डेसन’ ले राजधानीमा आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक अन्तर्क्रियामा सहभागी वक्ताले सुशासनको पक्षमा कोइरालको अठोटको चर्चा गरे ।
राजनीतिक दलको आयव्यय विवरण, प्रतिवेदन कार्यान्वयनमा ढिलाइ
राजनीतिक दलको लेखापरीक्षण जाँच गरेको महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको छ। राजनीतिक दलको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीबाट जाँच गराएको थियो। आयोगका अनुसार राजनीतिक दलले बुझाएको विवरणमा थप अध्ययन गर्नुपर्ने भएकाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “प्रतिवेदन पूर्ण छैन। विज्ञ कर्मचारीको सुझाबबमोजिम माग गरिएको थप कागजात अझै अध्ययन नभएकाले ढिलाइ भएको हो।”
प्रदेश आमसञ्चार विधेयकको तयारी भएको छ : मुख्यमन्त्री पाण्डे
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेशद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार अर्पण समारोहमा उहाँले यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो ।
श्रमिकहरुको न्यूनतम् ज्याला बढाउन एमाले महासचिवको माग
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गर्नुभएको छ ।