काठमाडौँ, साउन २८ गते । समसामयिक राजनीतिक घटनाक्रम बारे नेकपा (एमाले)ले आफ्नो पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । पार्टीले आज(आइतबार) दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरी धारणा सार्वजनिक गर्ने जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरिएको प्रचारप्रसार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो । वर्तमान समसामयिक राजनीतिक विषयसँगै संसद्को गतिरोधलगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने विष्टले बताउनुभयो ।