काठमाडौं, साउन २८ गते । नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले आइतबार बालुवाटारमा बसेको बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनुभयो ।
माओवादी केन्द्रले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन सो निर्णय गरेको हो ।