• ४ पुस २०८१, बिहिबार

जनमतलाई सरकारमा सहभागी गराउनेबारे माओवादी पदाधिकारी बैठक

blog

काठमाडौं, साउन २८ गते । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा केही बेरदेखि जारी रहेको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पदाधिकारी बैठक हो । खासमा मन्त्रिपरिषद् विस्तारको विषयमा जनमतलाई सरिक गराउनुपर्ने छ । त्यसमध्ये जनमतलाई एकाध सिट खाली गराउने कि, समग्रमा पुनर्गठन गर्ने ।”

उहाँले बैठकमा पार्टीका केही मन्त्रीहरूसहित पदाधिकारीबीच छलफल भइरहेको जानकारी दिनुभयो ।