• २३ पुस २०८१, मङ्गलबार

कांग्रेस संसदीय दलको बैठक

सरकार फेरबदलको कुरा भएको छैन : कांग्रेस सचेतक लेखक

blog

संसदीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक ।

काठमाडौं, साउन २८ गते । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय बैठकमा सरकार फेरबदलको विषयमा छलफल नभएको बताउनुभएको छ ।

आइतबार बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सचेतक लेखकले सो कुरा बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “सरकार बदल्ने, ढाल्ने अर्को बनाउने कुनै कुरा भएको छैन ।”

बैठकमा सन्दर्भमा उहाँले हालसम्म ५० सांसदले धारणा राख्नुभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको संसदीय बैठक निरन्तर चलिरहेको छ । ५० जना सांसदले धारणा राख्नुभयो । बोल्ने क्रम निरन्तर भएकाले भोलि ११ बजे यसै ठाउँमा बैठक बस्छ ।”

उहाँले बैठक सोमबार महत्त्वपूर्ण प्रस्ताव पारित गरेर समापन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जे विचार, भावना व्यक्त भएको छ । भोलि संसदीय दलको बैठकबाट महत्त्वपूर्ण प्रस्ताव पारित गर्छौँ । सबै कुरा छलफल गरेर टुङ्गोमा पुर्‍याउँछौँ ।”