• ३ जेठ २०८२, शनिबार

पक्राउ परेका सांसद शर्माको बारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै

blog

काठमाडौँ, साउन २८ गते । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बिहान ११ बजेबाट नयाँ बानेश्वरमा बस्ने भएको छ ।

बैठकमा पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल हुने र पार्टीको धारणा बनाउने बताइएको छ । साथै संसद्को गतिरोध अन्त्य गर्न र संसद् सुचारु गर्ने बारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।न्युज एजेन्सी नेपालबाट