• २३ पुस २०८१, मङ्गलबार

नवनियुक्त मन्त्री साहले लिनुभयो शपथ

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साह मन्त्री पदको शपथ लिनुहुँदै । तस्बिर : कबिन अधिकारी

काठमाडौँ, साउन २९ गते । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री पदको पद तथा गाेपनीयताको शपथ लिनुभएको छ । 

राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट मन्त्री साहले  शपथ लिनुभएको हो । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट मन्त्री बन्नुभएका अमनलाल मोदीलाई पार्टीले फिर्ता बोलाएसँगै जनमत पार्टीकी सांसद अनितादेवी साह मन्त्रीमा नियुक्त हुनुभएको हो ।