बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी
नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।
प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक जारी रहेको छ ।
जसपाको विधान अधिवेशन : पार्टी अध्यक्ष यादवले आज जवाफ दिँदै
जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
बुढीगण्डकी आयोजनाको शिलान्यास असारभित्रै : प्रम
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताउनुभएको छ । धादिङबाट प्रतिनिधित्व गर्नुहुने सांसद रामनाथ अधिकारीले प्रधानमन्त्रीले निर्वाचित भएपछि आफूहरूसँग यसै वर्ष बुढीगण्डकी परियोजना शिलान्यास हुने बताउनुभएको स्मरण गराउँदै ‘शिलान्यास कहिले हुन्छ ?’ भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री प्रचण्डले असार महिनामा नै कार्यालय उद्घाटन र जलविद्यत् आयोजनाको शिलान्यास हुने बताउनुभयो । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिनुभयो ।
लेखापरीक्षण पुष्टि गर्ने प्रमाण बुझाउन दलहरू उदासीन
लेखापरीक्षण प्रतिवेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण बुझाउन राजनीतिक दल उदासीन देखिएका छन्। निर्वाचन आयोगले असार ६ गते तीन दिनको म्याद राखेर ९१ राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदनको कागजात पुष्टि गर्ने प्रमाण बुझाउन निर्देशन दिएको थियो। तर सोमबारसम्म १९ राजनीतिक दलले मात्रै आयोगले मागेको कागजात बुझाएका छन्।
उद्घाटन गर्नेको नाम लेखिनु सामान्य : सचेतक बर्तौला
नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जलहरी उदघाटन गर्नेको नाम राखिनु सामान्य रहेको बताउनुभएको छ ।
नयाँ समीकरणबारे सभापतिसँग कुरा हुन बाँकी छ : डा.कोइराला
नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशाङ्क कोइरालाले कांग्रेस र नेकपा (एमाले) बीचको नयाँ समीकरण बन्नेबारेमा बाहिर हल्ला चले पनि पार्टी सभापति शेरबहादुर देउवासँग कुरा हुन बाँकी रहेको बताउनुभएको छ ।
सिटौला र आरजुलाई पक्राउ गर्न कुनै आदेश दिइएको छैन : गृह प्रवक्ता
गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला र सांसद डा.आरजु राणा देउवालाई पक्राउ गर्न कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ ।
काठमाडौं महानगर प्रमुख साहविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
सङ्घीय निजामती विधेयक विचाराधीन छ : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएकाले ती मन्त्रालयबाट सहमति प्राप्त भएपछि संसद्को यही अधिवेशनमा पेस गरिने बताउनुभएको छ ।
स्वास्थ्य बीमा कार्यक्रममा देखिएको कमीकमजोरी हटाउँदै लगिने छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान
कोशी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।
बजेटमा असन्तुलन हुन गएको छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक वर्ष २०८०/८१ को बजेट असन्तुलित भएको बताउनुभएको छ ।
न्यायाधीश भट्टराईद्वारा पदबाट राजीनामा
अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।
बजेट अभावमा सडक निर्माण कार्य समयमै सम्पन्न भएन : रक्षामन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाका नवनियुक्त राजदूतबीच भेट
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेट भएको हो ।
नेपाली सेनाको सङ्ख्या कटौती गर्न आवश्यक छैन : रक्षामन्त्री खड्का
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताउनुभएको छ ।
चट्याङबाट मृतक हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति दिन माग
प्रतिनिधि सभा सांसद दीपक गिरीले चट्याङबाट मृतक हुनेको परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिन माग गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको हो ।
जसपाको विधान अधिवेशन : समूहगत छलफल जारी
जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन काठमाडौँमा जारी रहेको छ । अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी रहेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
आमसञ्चार विधेयक छिटो संसदमा पेश हुन्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार सम्बन्धी विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताउनुभएको छ।
चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलवारबाट हुने आफ्नो चीन भ्रमण लगानी र व्यापार प्रवर्द्धनका लागि हुने बताउनुभएको छ ।
नेकपा विभाजनको यथार्थ कुरा बाहिर आउनुपर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्ने बताउनुभएको छ । केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’ को आइतबार यहाँ लोकर्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।