सामाजिक सुरक्षाका योजनालाई परिमार्जित र विस्तार गर्दै लैजानुपर्छ : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरूलाई पनि बढाएर लगिने बताउनुभएको छ ।
स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्न : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताउनुभएको छ ।
विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव
काठमाडौं, साउन ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवनमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसदकाे गतिरोधका बारे छलफल भएको जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिनुभयो । उहाँंका अनुसार, भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसदमा रहेका सबै दललाई विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिनुभएको थियो । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको थियो ।
‘सङ्घीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेश हुन्छ : रक्षामन्त्री खड्का
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले सङ्घीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेश गर्ने बताउनुभएको छ ।
उपेक्षित वर्गलाई मूल प्रवाहमा ल्याउने सरकारकाे मुख्य रणनीति : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षाको अवधारणा सामाजिक न्यायबाट वञ्चित उपेक्षित वर्गलाई राज्यको मूलप्रवाहिकरणमा ल्याउने मुख्य रणनीति रहेको बताउनुभएको छ ।
सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा
उहाँले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईकाे शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्रीद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको घोषणा
सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ ।
कोशी प्रदेशको उद्योग राज्यमन्त्रीमा गनगाई नियुक्त
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज गयानन्द मण्डल गनगाईंलाई प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
संसद् गतिरोध खुलाउन सत्तारूढ दलहरूबिच छलफल
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद् अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबिच छलफल भएको छ।
सुशासन र भ्रष्टाचारविरुद्ध सरकारको मुख्य ध्यान: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासन र भ्रष्टाचार अन्त्यमा सरकारको मुख्य ध्यान रहेको बताउनुभएको छ । प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भ्रष्टाचारको अन्त्य गर्दै देशमा सुशासन कायम र सेवा प्रवाहलाई सहजता बनाउँदै लैजाने कार्यमा सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको हो ।
जग्गा अधिग्रहण र सुकुम्बासी व्यवस्थापन पहल गर्न निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपत्यकामा जग्गा अधिग्रहण र सुकुम्बासी व्यवस्थापन पहल गर्न निर्देशन दिनुभएको छ । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा समस्या समाधान र उपत्यकामा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बैठकमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभयो ।
कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि प्रनिनिधिसभा विघटन गरेको बताउनुभएको छ ।
अनियमितता जोडिएका धेरै फाइल खुल्न सक्छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सुशासनका काममा अघि बढेको र पछिल्लो समयमा यसका परिणाम पनि सार्वजनिक भइरहेका भन्दै तर सरकारका यी कामलाई हेरेर राम्रोलाई राम्रो भन्ने संस्कार नदेखिएको बताउनुभएको छ ।
भौतिक पूर्वाधारमन्त्रीद्वारा सडक निरीक्षण
भौतिक भूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाराजगञ्जस्थित नारायाण गोपाल चोकदेखि बूढानीलकण्ठसम्म सडक निरीक्षण गर्नुभएको छ ।
एमाले अध्यक्ष ओली र नेता रावलबीच भेटघाट
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेता डा. भीम रावलबीच लामो समयबीच भेटघाट भएको छ ।
भूउपयोग नियमावली पारित, जग्गाको कित्ताकाट खुल्यो
मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ।
कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण
गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।
सार्वजनिक महत्त्वको विषयमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिनुभएको छ ।
पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ : नेता सिंह
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताउनुभएको छ ।
अध्यक्ष तिमिल्सिना र थाई नेपाली सङ्घका पदाधिकारीबीच भेट
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग थाई नेपाली सङ्घ थाइल्याण्डका पदाधिकारीले भेट गर्नुभएको छ ।
मुगुमा जिप दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसले मुगुमा भएको जिप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
राष्ट्रिय सभाको बैठक स्थगित
राष्ट्रिय सभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवश स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरवपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नुपर्ने बताउनुभएको छ ।
सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागू, दबाब र प्रभाव नचल्ने
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागु भएको छ ।