काठमाडौं, साउन ३० गते । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेता डा. भीम रावलबीच लामो समयबीच भेटघाट भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा मंगलबार लामो समय चलेको छलफलमा पार्टीको पछिल्लो अवस्थाको बारेमा छलफल भएको नेता रावलले जानकारी दिनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रावलले भन्नुभयो, “पार्टीको धारणा, सोच, अवस्था के कस्तो छ ? लामो समयपछि भेटघाट भएको छ। उहाँ पनि पार्टी अध्यक्ष देश, विदेश भ्रमण गर्नुहुन्छ । म पनि अध्ययन गर्ने मान्छे, आफ्नो विचार प्रस्तुत गर्ने कुरा ।”
उहाँले भेटवार्तामा एकअर्काबीच यी विविध विषयमा छलफल भएको जानकारी दिनुभयो ।