समाजलाई अघि बढाउन पत्रकारिताको अहम् भूमिका : सभामुख
सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसद्लाई राष्ट्रको हितमा काम गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।
मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद् अवरुद्ध हुँदैछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद् अवरोध गर्न खोजेको बताउनुभएको छ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति असामान्य : एमाले
नेकपा (एमाले) को संसदीय दलको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य रहेको भन्दै आपत्ति जनाएको छ ।
प्रमुख प्रतिपक्षीको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले अवरोध गरेपछि राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ ।
भ्रष्टाचारविरुद्ध सतिसालझैँ उभिन्छु : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताउनुभएको छ।
पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय
बागमती प्रदेश सरकारले आफ्नो मातहतमा रहेका दुई वटा पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको छ ।
उपराष्ट्रपतिसँग फ्रान्सेली राजदूतको भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सङ्घीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदअन्तर्गत आज (बुधबार) दुवै सदनको बैठक बस्दैछ । जसमा प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्नेछ ।
जातीय विभेदविरुद्ध जसपाले खबरदारी कार्यक्रम गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।
राप्रपाले शीर्ष नेतालाई दियो प्रदेश संयोजकको जिम्मेवारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोक्नुभएको छ।
नेपालमा भूमि बैंक स्थापना गर्न ढिलाइ गर्नु हुँदैन : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ। बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो।
बेपत्ता छानबिन र सत्य निरूपण आयोगको अवधि थप हुने
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिको अवधि थप गर्ने निर्णय गरेको छ।
नेसपाले मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने
नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवं सहकार्य गरी मोर्चा बनाउने भएको छ।
ललिता निवास प्रकरण : मीनबहादुरसहितको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
लोकतान्त्रिक खेलकुद सङ्घद्वारा राखेप सदस्य सचिवको राजीनामा माग
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङको राजीनामा मागेको छ ।
राजस्व सङ्कलनको अवस्था हेर्दा मुलुकको अर्थतन्त्र डरलाग्दो अवस्थामा छ : सांसद चौधरी
नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व सङ्कलनको अवस्था डरलाग्दो रहेको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिको बैठकमा बोल्नुहुँदै सांसद चौधरीले यस्तो बताउनुभएको हो ।
बाढीपहिरोबाट भएको क्षतिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभा बैठकमा सांसदहरूले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनीकरणका लागि काम गर्न सरकार समक्ष माग गर्नुभएको छ ।
सिरिजङ्घाका विद्यार्थीले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउने
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा कक्षा १२ सम्म नै अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका छन् ।
सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्छ : सांसद शेर्पा
राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रदेश सभा बैठक : बजेटमाथि मन्त्रालयगत छलफल हुँदै
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि आज (मङ्गलबार) बाट मन्त्रालयगत रुपमा छलफल सुरु हुने भएको छ ।
राष्ट्रिय सभामा ‘आर्थिक विधेयक’ र ‘राष्ट्र ऋण उठाउने विधेयक’ टेबुल
राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ ।
ललिता निवास प्रकरण : मीनबहादुरसहितको रिटमा सुनुवाइ हुँदै
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
संसदीय समितिको सभापति छिटो चयन गर्ने तीन दलबीच सहमति
शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ ।
सभामुख घिमिरेले शीर्षनेतासँग छलफल गर्नुहुँदै
सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।