काठमाडौं, भदौ ३ गते। समाजवादी मोर्चाको आइतबार साँझ ६ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक सोमबारका लागि सरेको जानकारी दिनुभयो। उहाँका अनुसार मोर्चाको बैठक सोमबार बिहान ७:३० बजे बस्नेछ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको चार दलको गत असार ४ गते समाजवादी मोर्चाको घोषणा भएको थियो।