• १९ वैशाख २०८१, बुधबार

प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो ३ बजे बस्ने

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ ३ गते । आइतबार १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ । 

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही ५ गते मङ्गलबारसम्म सारिएको संसद्का महासचिवद्वारा जारी सूचनामा उल्लेख छ ।  संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज बसेको थियो । 

बैठकमा पनि सहमति जुट्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुन सकेको छैन ।

सोमबार शीर्ष दलका नेताको बैठकले सहमति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जानकारी दिनुभएको छ ।