• १९ वैशाख २०८१, बुधबार

शीर्ष नेताको छलफल सकारात्मक

blog

शीर्ष नेताको छलफलमा प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, भदौ ३ गते ।  प्रधानमन्त्री र शीर्ष नेताबीच सदन सुचारु गर्नेबारे सकारात्मक छलफल भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि बस्ने बैठकले टुङ्गो लाउने गरी संसद् खुलाउने बटम लाइनका साथ छलफल भएको जानकारी दिनुभयो ।

बैठकपछि सत्तचारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “जे कुरामा छलफल गर्नु थियो, एकदम नजिकै पुग्यौँ । अब एउटा बैठकमा टुङ्ग्याउने गरी सम्भवतः भोलि बस्ने बैठकले टुङ्ग्याउने र बटमलाइन चाहिँ संसद् खुलाउने हिसाबले छलफल भयो ।”

उहाँले बैठकमा प्रमुख प्रतिपक्षीले उच्चस्तरीय छानबिन आयोगको माग राखेको  र यस सन्दर्भमा सरकारका तर्फबाट गृहमन्त्रीले १५ दिनको समय माग्नुभएको जानकारी दिनुभयो ।

 उहाँले भन्नुभयो, “अर्को समिति बन्नुपर्ने कुरा उठे । भइरहेको अनुसन्धान कुनै पनि ढङ्गले प्रभाव, दबाब नहोस् । गृहमन्त्रीले माग्नुभएको समयमा १५ दिन बाँकी रह्यो । छानबिन समिति बनाउँदा पनि फरक परेन ।” उहाँले भोलिको बैठकले यो विषय टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले आजको छलफल सकारात्मक भएको बताउनुभयो ।गिरीले भन्नुभयो, “यदि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा यदि सकारात्मक बन्छ भने हामी लचिलो नहुने के छ ? आजको बसाइ सकारात्मक छ भोलिको वातावरण बिग्रिएन भने । कुन पार्टीको भन्ने सवाल भएन । जुनसुकै तस्करीको, अनियमितता गरेको छ भने कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने कुरामा एमाले स्थीर छ ।”

एमालेले बैठकमा क्विन्टलका क्विन्टल सुन भित्रने कुरामा उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने कुरा दृढताका साथ राखेको बताएको छ । 

प्रधानमन्त्रीसँग भएको छलफलबारे उहाँले भन्नुभयो, “सीआईबीको अनुसन्धान प्रभावकारी हुन्छ, यो अनुसन्धान सकिएपछि गरौंला भन्नुभयो । हामीले १५ दिन किन? अहिले नै बैठकले निर्णय गर्न सकिन्छ । यो अडान यथावत् हो । माननीयज्यूले आफ्नो विचार राख्नुपर्छ । समिति बनाउने गरी सहमतिको सम्भावना देखिएको छ ।”