• २४ पुस २०८१, बुधबार

एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा नेताले धारणा राख्ने क्रम जारी

blog

बैठकमा धारणा राख्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।

काठमाडौं, भदौ ३ गते। नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ। 

एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार सुरु भएको बैठकमा २६ जनाले धारणा राख्नुभएको जानकारी दिनुभयो। 

वर्तमान राष्ट्रिय परिस्थिति, सङ्गठन सुदृढीकरणको रिपोर्टिङ, पार्टीको सैद्धान्तिक सवाल, सङ्गठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना र नेतृत्वलाई सुझाव गरी मुख्य सात एजेण्डामा धारणा राखेको उहाँले बताउनुभयो।

पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको प्रारम्भमा सम्बोधन गर्दै पार्टीको चुनौती सामना गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। 

उहाँले पार्टीको वैचारिक, साङ्गठनिक महत्वबारे बताउनुहुँदै राष्ट्रियताको रक्षा, संवर्द्धन, जनजीविकाको सवाल र समाजवादी बाटोमा अघि बढ्नुपर्ने भनाइ राख्नुभयो। 

उहाँले बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो।