• २० वैशाख २०८१, बिहिबार

संसद् अवरोध हटाउन राजनीतिक सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

blog

छलफलमा सहभागी सभामुख देवराज घिमिरेलगायत । तस्बिरः संघीय संसद्‍ सचिवालय

काठमाडौं, भदौ ३ गते। सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ। आइतबार संसद्को अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले संसद्को अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अड्किएको बताउनुभयो। उहाँले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताउनुभयो। उहाँले दलको बीचमा समझदारीको वातावरण बने संसद् अवरोध हट्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘संसद् खुलाउने प्रयास छ र खुल्नुपर्छ भन्ने मान्यता सबैको छ। खुल्ने कि नखुल्ने भन्ने कुरा समिति बनाउने कि नबनाउने भन्नेमा नै गएर अड्किने गरेको छ। दलहरूसँगै छलफल गर्ने हो, अहिले पनि दलमा छिटो समस्या मिलाउनुस् भनेको छु।’’

सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि आफूले दलका नेतासँग बसेर छलफल गरिरहेको बताउनुभयो।