प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न सकिँदैन : प्रमुख सचेतक पाण्डे
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा कल्पना गर्न पनि नसकिने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्दैन : सत्ता गठबन्धन
सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।
ललिता निवास प्रकरण : मीनबहादुरसहितको रिट ‘हेर्न नमिल्ने’मा
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट आज (बिहीबार) सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।
विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रम जारी
बागमती प्रदेश सभामा पेश भएको विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नहरुको मन्त्रीले जवाफ दिने क्रम चलिरहेको छ ।
राष्ट्रिय सभा बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक आज (बिहीबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ ।
नेपाल महिला सङ्घको प्रथम बैठक सम्पन्न
नेपाल महिला सङ्घको नवगठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ सङ्गठनको रूपमा रहेको सङ्घको बैठक केन्द्रीय कार्यालय धापासी काठमाडौँमा सम्पन्न भएको हो ।
काँग्रेस जिल्ला सभापतिको भेला आजदेखि
नेपाली काँग्रेसका जिल्ला सभापतिहरू काठमाडौँमा भेला भएका छन् । आजबाट सुरु हुने जिल्ला सभापतिहरूको भेलामा सहभागी बन्न उहाँहरू काठमाडौँ आउनु भएको हो ।
प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री श्रेष्ठ
प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहुमतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा माग गर्नु संसदीय मान्यताविपरीत भएको बताउनुभएको हो ।
सरकार मिटर ब्याज पीडितको न्यायको पक्षमा छ: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज पीडितहरूलाई न्याय दिन सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ ।
दलहरूको लेखापरीक्षण : कागजात नै नजाँची विज्ञ टोली फिर्ता
राजनीतिक दलहरूको आयव्ययसहितको लेखापरीक्षण प्रतिवेदन जाँच्न खटाइएको महालेखा परीक्षकको कार्यालयको विज्ञ टोली आफैँले मागेका थप कागजात अध्ययन नै नगरी अन्तिम प्रतिवेदन तयार गरेर फर्केको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो कार्यालयका पाँच सदस्यीय विज्ञ टोलीले आइतबार प्रतिवेदन बुझाएर फर्केको जानकारी दिनुभएको छ।
संवाद र विविधताको सम्मानबाटै दिगो शान्ति
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वार्ता, समझदारी र द्वन्द्वको शान्तिपूर्ण समाधानको प्रवद्र्धन गर्दै त्यसका लागि सामूहिक प्रयास गर्न विश्व नेतृत्वलाई आग्रह गर्नुभएको छ। अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम) को मन्त्रीस्तरीय बैठकलाई बुधबार सम्बोधन गर्दै मन्त्री साउदले असंलग्न आन्दोलनको समय–परीक्षित सिद्धान्तको महत्वलाई जोड दिँदै सामूहिक प्रयासबाटै विश्वशान्तिको पहल हुन सक्ने औँल्याउनुभएको हो।
निष्क्रिय भयो मिटरब्याज अध्यादेश
प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएपछि अध्यादेश निष्क्रिय भएको हो।
श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेटवार्ता
श्रीलंका भ्रमणमा रहनुभएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ ।
मनसुनजन्य विपद् व्यवस्थापनको सबै तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तम्तयार अवस्थामा रहेको बताउनुभयो।
प्रतिनिधि सभाको दोस्रो बैठक स्थगित : अर्को बैठक शुक्रबार बस्ने
प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सदन चल्न नदिने अडान राखेपछि प्रतिनिधि सभाको आजको दोस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ ।
हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँः रास्वपा सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।
बालबालिकाको अधिकारसम्बन्धी विधेयक बन्नुपर्छ : उपसभामुख राना
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताउनुभएको छ।
सवारी चालक अनुमतिपत्रको राजस्व भुक्तानीसहितको विद्युतीय सेवा शुभारम्भ
सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानीसहितको विद्युतीय सेवा गण्डकी प्रदेशको राजधानी पोखराबाट शुभारम्भ भएको छ ।
राष्ट्रिय सभा बैठक भोलिसम्म स्थगित
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रिय सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ।
सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको छ। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताउनुभयो।
महोत्तरी प्रहरी कार्यालयका लेखापाल विरुद्ध दुई लाखको भ्रष्टाचार मुद्दा
जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक विनोद विष्टविरुद्ध दुई लाख रुपियाँ घुस लिएको आरोप लागेको छ ।
विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिनुभएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवहाक मुख्य सचिव डा. प्रदीप पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै असार २७ गते अपरान्ह १ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिनुभयो।
राजस्व उठाउने काममा जिम्मेवार बन्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको छ।