• २२ असार २०८१, शनिबार

उपराष्ट्रपति यादव स्वदेश फिर्ता

blog

जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभयो उपराष्ट्रपति रामसहाय प्रसाद यादव । फाइल तस्बिर

काठमाडौं, भदौ ४ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादव जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी आज (सोमबार) स्वदेश फर्कनुभएको छ ।

‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’ मा सहभागी हुन उहाँ गत साउन २९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रदर्शनी तथा मेलामा सहभागिता जनाउनुभएको थियो ।

उपराष्ट्रपति यादवका साथमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी, निजी चिकित्सक शिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी हुनुहुन्थ्यो । रासस