• २४ पुस २०८१, बुधबार

संविधानको आधारभूत एजेण्डामा सहमति आवश्यक : उपमहासचिव ज्ञवाली

blog

नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तकको प्रथम स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै एमालेका उमहासचिव प्रदीप ज्ञवाली । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ ४ गते । नेकपा (एमाले) का उमहासचिव प्रदीप ज्ञवालीले सरकारले साझा एवम् आधारभूत विषयमा सहमति खोज्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिको प्रथम स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

नेता गिरिको सम्झना त्यस मानेमा सार्थक हुने भन्नुहुँदै उहाँले भन्नुभयो, “संविधानमा उल्लेख गरेका आधारभूत कुराको साझा ग्राउण्ड खोज्न जरुरी हुन्छ । साझेदार सत्तामा हुन्छ, एजेण्डामा हुँदैन । साझेदारी त एजेण्डामा होला । विश्व हिजोभन्दा भल्गर छ । यो समस्याको समाधान समाजवादमा छ ।”

उहाँले समाजवाद उन्मुख राज्यको चरित्र भएकाले जोसुकै सरकारमा जाँदा पनि बहस गर्न नपाइने गरी सीमाङ्कन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले भनेको संविधानमा जुनसुकै सरकारमा जाँदा पनि डिबेट गर्न नपाइने भनेर डिमार्केसन गर्‍यो भने उहाँप्रतिको सम्झनाको सार्थकता हुन्छ कि । उहाँले लेखेका, बोलेका, छानिएका रचनालाई ट्रान्सक्राइब निकालौं, बौद्धिकताको खडेरी परेको बेलामा ।”

उहाँले नेता गिरी लोकतन्त्रका लागि सम्झौताहीन र अविश्राम योद्धाको रुपमा स्मरण गर्नुभयो ।