• १२ पुस २०८१, शुक्रबार

प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दै

blog

काठमाडौँ, भदौ ५ गते । आज १ बजे प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दैछ । बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरूले तयार पारेको कार्यविधिमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

संसद्को अवराेध हटाउने बारेमा पनि छलफल हुनेछ । साथै आज २ बजे बस्ने शीर्ष तीन दलका नेताहरूको बैठकले सो कार्यविधि उच्चस्तरीय छानबिन समिति बनेको खण्डमा अन्तिम रूप दिने बताइएको छ । कार्यविधि तीन शीर्ष नेताबाट पारित भए आजको संसद् अवरोध हट्नेछ ।