माओवादी केन्द्रको चुनाव चिह्नमा जाँदा सहज हुन्छ : वामदेव गौतम
नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नमा आगामी निर्वाचनमा जाँदा सहज हुने बताउनुभएको छ ।
नेपाली कांग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता
सत्तारुढ दल नेपाली कांग्रेसले आगामी सङ्घीय निर्वाचनका लागि दल दर्ता गरेको छ ।
विवेकशील साझा पार्टीले दल दर्ता गर्यो
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ। मंगलबार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो।
कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनयन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा १० जना महिलालाई मनोनयन गर्नुभएको छ ।
गठबन्धनसँगको सिट बाँडफाँटबारे छलफल गर्दै जसपा
सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक बिहीबार बस्दै छ । बैठक ललितपुरको बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बस्न लागेको हो ।
नागरिकता विधेयकमा परिवर्तन नगरिने
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधिसभामा पुनः विचारका लागि फिर्ता पठाइए पनि पाँच दलीय सत्ता गठबन्धनले पहिलेकै अवस्थामा राष्ट्रपति समक्ष फिर्ता पठाउने सहमति गरेको छ ।
उद्योगमन्त्री बडू र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत सुकबीच शिष्टाचार भेट
गाेरखापत्र अनलाइनकाठमाडाैं, साउन ३१ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकले शिष्टाचार भेट गर्नुभएकाे छ । मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएकाे हाे । भेटमा मन्त्री बडूले नेपाल र कोरियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र आगामी दिनमा द्विपक्षीय हितका विभिन्न क्षेत्रमा सहकार्यमार्फत् यस सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो।उहाँले शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सूचना प्रविधि र भौतिक पूर्वाधारको क्षेत्रमा दक्षिण कोरियाले पुर्याएको योगदानका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो।उहाँले नेपाल र कोरियाबीच सांस्कृतिक सम्बन्धका विविध आयाममा सहकार्य गर्ने गरी सन् २००५ मा सांस्कृतिक सम्झौता र नेपाली युवालाई कोरियामा सहज रोजगारीका लागि सन् २००७ मा इपीएस सम्झौता भएको स्मरण गर्नुहुँदै यसको कुशल कार्यान्वयनमा दुबै देशले अधिकतम लाभ लिनुपर्ने बताउनुभयो। उहाँले आगामी महिना नेपालमै उत्पादन गर्ने गरी कोरियाले सामसुङ टिभीको कारखाना खोल्न लागेको जानकारी पाउँदा निकै खुशी लागेको भन्नुहुँदै ऊर्जा विकास, व्यापार सहजीकरण, पर्यटनलगायत सम्भावनाका विविध क्षेत्रमा लगानी अभिवृद्धिका लागि राजदूत पार्कको कार्यकालमा विशेष पहल हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले नेपालमा कोरियाली लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउन र लगानीको सुरक्षाको वातावरण बनाउन सरकार सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो। यसैगरी, मन्त्रीले संयुक्त राष्ट्र सङ्घको विकास नीति समितिले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने क्रममा सन् २०२६ मा अल्प विकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति हुन सिफारिस गरेकाले स्तरोन्नति हुने विषयलाई दिगो बनाउन गर्नुपर्ने सहयोग एवं सहकार्यका लागि आग्रह गर्नुभयो।भेटमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुकले नेपाल र कोरियाबीचको कुटनीतिक सम्बन्धलाई हार्दिकतापूर्ण बनाउन कोरिया सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो ।उहाँले नेपालमा पूर्वाधार निर्माण, सूचना प्रविधिको विकास, ऊर्जा, हाइड्रोपावरका क्षेत्रमा कोरियाले लगानी गरिरहेको र नेपालको विकास प्राथमिकताका अरु क्षेत्रमा लगानी विस्तार गर्न तयार रहेको बताउनुभयो।यसैगरी, राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको एपीएस अब सहज बन्दै गएको जानकारी गराउनुहुँदै आफ्नो कार्यकालमा नेपाल र कोरियाबीचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने विश्वास दिलाउनुभयो। राजदूत चोङ–सुकले सामसुङ टिभीको नेपालमै उत्पादनका लागि आगामी भदौ ८ गते कारखाना उद्घाटन गर्न लागेकाले त्यसमा आतिथ्यताका लागि मन्त्रीलाई आग्रह गर्नुभयो।भेटका अवसरमा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिवलगायत कर्मचारीहरुका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति थियो।
प्रदेश सरकारको धर्ना स्थगित
धीरेन्द्र प्रसाद साहजनकपुर, साउन ३१ गते । मधेश प्रदेश सरकारले जारी राखेको धर्ना कार्यक्रम स्थगन गरिएको छ । प्रहरी समायोजनको माग गर्दै दुई दिनदेखि जारी धर्ना आज मङ्गलबारबाट स्थगन भएको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले धर्नास्थलमै बताउनुभएकाे हाे ।मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले धर्ना स्थगन गर्नुभयाे। सो बेला प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत प्रदेश सभा सदस्यहरूको सहभागिता थियो । अब बन्ने सरकारले प्राथमिकतामा राखेर प्रहरी समायोजन गर्ने आश्वासन दिलाएकाले धर्ना स्थगन गरिएको मुख्यमन्त्री राउतले बताउनुभयो ।
वामदेव पनि माओवादीकाे चुनाव चिन्ह लिएर चुनाव लड्ने (भिडियो)
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराईपछि वामदेव गौतमबीच संयुक्तरुपमा चुनाव लड्ने स्वीकृत गरेको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले मंगलबार बिहान पेरिसडाँडामा बसेको बैठकमा माओवादीले डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई स्वीकृत गरेको जानकारी दिनुभयो ।
एउटै चिन्हमा चुनाव लड्दै दाहाल र डा. भट्टराई
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी आगामी निर्वाचनमा एउटै निर्वाचन चिन्हबाट लड्दैछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच करिब ६ वर्षपछि एउटै चुनाव चिन्ह अर्थात् गोलाकार भित्रको हसियाँ हथौडा चिन्हमा चुनाव लड्ने सहमति जुटेको हो ।
सिट बाँडफाँटमा २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाइने
सत्ता गठबन्धनको सिट बाँडफाँटसम्बन्धी कार्यदलको सोमबार बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटमा २०७४ को निर्वाचन परिणामलाई पनि आधार बनाउने भएको छ ।
राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भएको छ ।
सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी
सत्ता गठबन्धनको आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा जारी रहेको छ ।
स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला हो, जनताका सुख/दुःखमा साथ दिनोस् : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउनुहुँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिनुभएको छ ।
नेपालकाे लागि नेपाली मोडेलको विकास हुनुपर्छ: अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको आर्थिक समृद्धिका लागि विकासको नयाँ मोडेलको विकास हुनपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउन आवश्यक रहेको बताउनुहुँदै साे धारणा राख्नुभएकाे हाे ।
उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन अध्यक्ष थापाको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले उत्साह, ऊर्जा र उच्च मनोबलसहित निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । काठमाडौंको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा पार्टीको केन्द्रीय समिति बैठक शुरु भएको छ ।
माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक स्थगित
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार दिउँसो बस्ने गरी बोलाइएको बैठक स्थगित भएको हो ।
सत्ता गठबन्धनको कार्यदलको बैठक दिउँसो बस्दै
सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धमा बनेको कार्यदलको बैठक सोमबार दिउँसो ४ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित ११ सदस्यीय कार्यदलको यसअघि साउन २६ गते बसेको बैठकमा सिट बाँडफाँट कसरी गर्ने भन्ने सन्दर्भमा ढाँचा तयार गर्ने सहमति भएको थियो ।
नागरिकता विधेयक फिर्ता पठाइएको विरोधमा चक्काजाम
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विरोधमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरमा चक्काजाम गरेको छ । नेपाली कांगे्रेसका कार्यकर्ताले राजमार्गमा करिब आधा घण्टा चक्काजाम गरेको हो ।
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता फिर्ता पठाउनु भएको छ ।
विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन हुनुभएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो ।
कार्यदलको काम चाँडो सक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
प्रचण्ड र डा. भट्टराईबीच साझा चुनाव चिह्नमा सहमति
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनका विषयमा छलफल भएको छ ।
कांग्रेसले भदौ १० देखि २४ गतेसम्म निर्वाचन लक्षित कार्यक्रम गर्ने
काठमाडौं, साउन २९ गते। सत्तारुढ दल नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म आगामी निर्वाचन लक्षित कार्यक्रम राष्ट्रव्यापी रुपमा गर्ने भएको छ। ७७ वटै जिल्लामा ७७ जना केन्द्रीय नेताको नेतृत्वमा सो कार्यक्रम गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँले मूलतः मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीका लागि कांग्रेसका केन्द्रीय सदस्य एवम् नेताले जिल्लाको सम्पूर्ण साङ्गठनिक संरचनालाई नेतृत्व गर्ने उल्लेख गर्नुभयो।उहाँले भन्नुभयो, “मूलतः निर्वाचन केन्द्रित कार्यक्रम हो। केन्द्रीय सदस्य, नेताले जिल्लाको सम्पूर्ण साङ्गठानिक संरचनालाई गतिशील, जीवन्त र चुस्तदुरुस्त राख्नको लागि संवाद एवम् निर्देशन दिनुहुन्छ।” निर्वाचन लक्षित कार्यक्रम बुँदागत रुपमा गर्ने विषयमा आवश्यक बैठक बस्ने कार्य पनि नेताहरुले गर्नुहुने उहाँको भनाइ छ। उहाँले कांग्रेसले उचित समयमा निर्वाचन आयोगमा चुनावका लागि दल दर्ता गर्ने बताउनु हुँदै गठबन्धनका अन्य दलसँग पनि समन्वय गरेर अघि बढ्ने बताउनुभयो। “सरकारमा रहेका सबै दलसँग मिलेर, समन्वय गरेर राजनीतिक स्थायित्व, विकास, शान्ति र सुव्यवस्था कायम गर्ने गरी कांग्रेस अगाडि बढ्छ”, पौडेलले भन्नुभयो। कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो।