गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकिएको छ ।
जनार्दन शर्माद्वारा सङ्गठनसँग सम्बन्धित प्रतिवेदन प्रस्तुत
बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार समसामयिक राजनीतिक विषयमा मौखिक र लिखित संक्षिप्त प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि आज छलफल हुँदै छ ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ गर्ने भएको छ ।
राष्ट्रिय सभा बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्नेछ ।
माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
जासुसी गरेको अभियोगमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा जेल सजाय
बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई बुधबार अमेरिकी जेलमा आठ वर्षको जेल सजाय सुनाइएको छ ।
खड्गी गुठीलाई ४७ लाख
काठमाडौँ महानगरपालिकाले नेपाल खड्गी सेवा समितिअन्तर्गतका ४७ बाजाखल तथा गुठीलाई रु ४७ लाख अनुदान रकम उपलब्ध गराएको छ ।
राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छः डा नेता कोइराला
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गर्नुभएको हो ।
मन्त्रालय मातहतको कार्यालयमा सफाइ अभियान सुरु गरेका छौं : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालय मातहतका कार्याल्यमा शौचालय सफाइ अभियान सुरु गरिएको बताउनुभएको छ।
'विद्यार्थीलाई कुलतमा जान नदिन बहुउपयोगी शिक्षा चाहिन्छ’
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिभिन्न प्रकारका कुलत तथा लागुऔषधमा युवाहरु फस्दैगएको जनाउँदै यसलाई निरुत्साहित गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।
पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचर नियन्त्रण गर्नु रहेको बताउनुभएको छ।
आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति
आत्मदाहको प्रयास गरेर उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ।
अर्थतन्त्रका सूचक अझै चिन्ताजनक छन् : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताउनुभएको छ। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
बाल अधिकार प्रवर्द्धनका लागि इमान्दार प्रयत्न गर्छु : मुख्यमन्त्री रावल
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रबहादुर रावलले बाल अधिकारको प्रवर्द्धनका लागि इमान्दार प्रयत्न गर्ने बताउनु भएको छ।
राष्ट्रपतिमा सहमतिका लागि कांग्रेससँग पनि छलफल गर्छौ : देवेन्द्र पौडेल
नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिको प्रयास हुने बताउनुभएको छ।
अप्ठ्यारोमा हिन्दु राष्ट्रको पक्षमा उभिएँ : उपप्रधानमन्त्री लिङ्देन
उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले आफू अप्ठ्यारो एवम् कष्टकर दिनहरूमा पनि नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको बुताउनुभएको छ ।
‘बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताउनुभएको छ।
राष्ट्रपति कांग्रेसलाई दिनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनका लागि राष्ट्रपति नेपाली कांग्रेसलाई दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने उहाँले बताउनुभएको हो ।
माओवादी स्थायी समिति बैठक : साङ्गठनिक विषयमा छलफल
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा मौखिक र लिखित संक्षिप्त प्रतिवेदन पेस गर्नुभएको छ।
बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताउनु भएको छ ।
राष्ट्रपति निर्वाचन : ‘छिद्र होइन, कानुनको सकारात्मक व्याख्या गरौँ’
नेपालको संविधानको धारा २६ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ।राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ४ मा राष्ट्रपतिको निर्वाचन मिति तोक्ने व्यवस्था छ।
माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु
नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित
आइतबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।