• २५ पुस २०८१, बिहिबार

राष्ट्रियता खतरामा छ : झलनाथ खनाल

blog

पूर्व प्रधानमन्त्री झलनाथ खनाल । फाइल तस्बिर

काठमाडौं, भदौ १० गते । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको दाबी गर्नुभएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धि, सम्झौताका कारण आएको बताउनुभयो । उहाँले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) कारण पनि देशको राष्ट्रियता खतरामा रहेको बताउनुभयो । 

उहाँले एमसिसी अमेरिकाले खडा गरेको इण्डोप्यासिफिक स्टाटेजी भएको बताउनुभयो । उहाँले अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भने पनि त्यसलाई अमेरिकाले नमान्ने दाबी गर्नुभयो । 

उहाँले अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेरिकाले लागू नगरेको दाबी गर्नुभयो । उहाँले पाँच सय मिलियन डलर मात्र नभई ५५ अर्ब दिएपनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको सर्त मान्य नहुने चेतावनी दिनुभयो । 

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहनुभएका खनालले अमेरिकाले नेपालमा एमसिसी कार्यान्वयन भइसकेपछि अमेरिकाले ल्याउने नागरिकको केही पनि चेकजाँच गर्न नमिल्ने उल्लेख गर्नुभयो ।

नेता खनालले विगत केही समयदेखि नेपालको विदेश नीति पनि असन्तुलित भएको दाबी गर्नुभयो ।