गठबन्धनकै सरकार पाँच वर्षसम्म रहने छ : मन्त्री किराँती
नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले मंगलबार भएको सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले बुधबार सम्ममा छानबिन समिति गठन गर्ने बताउनुभएको छ ।
हेलिकप्टर दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
नेपाली उत्पादनलाई ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पठाउनुपर्छ : उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामग्रीलाई ब्राण्डिङ गरेर विश्व बजारमा पुर्याउनु आवश्यक रहेको बताउनुभएको छ।
विनियोजन विधेयकमाथिको छलफल सकियो
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।
सरकारमा जाने कुनै मनसाय छैन : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताउनुभएको छ । काँग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा उहाँले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्ट पार्नुभयो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
ललिता निवास प्रकरण : थप दुई पूर्वकर्मचारी पक्राउ
ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सो प्रकरणमा मङ्गलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थप दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
सांसदको प्रश्न : तीन जिल्लाको बजेट सच्चिएर आयो कि आएन ?
राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गर्नुभएको छ।
समयमा मलको व्यवस्था हुन सकेन : सांसद मिश्र
राष्ट्रिय सभा सांसद नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
ललिता निवास छानबिनमा सहयोग गर्छौँ : अध्यक्ष नेपाल
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास छानबिनमा सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने बताउनुभएको छ ।
वडा नै नभएको ठाउँमा बजेट गयोः सांसद रावल
राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती) ले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, बजेट संशोधन गर्न तयार
सुदूरपश्चिम प्रदेश सरकार असन्तुष्ट सत्तारुढ पक्षका प्रदेश सभा सदस्यसँगको छलफलपछि बजेट संशोधन गर्न तयार भएको छ । मुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले सोमबार राती असन्तुष्ट सत्तारुढ दलका नेतालाई बोलाएर छलफल गर्नु भएको थियो ।
योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबिच बेइजिङमा भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बिच चीनको वेइजिङ्ग स्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।
ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सिआइबीको आग्रह
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
‘एमसिसी परियोजना भदौदेखि कार्यान्वयनमा’
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विभिन्न मित्रराष्ट्र मुलुकसँग भएका विकास सम्झौता कार्यान्वयन चरणमा रहेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सोमबार उहाँले नेपाल र अमेरिकी सरकारको सहयोग अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अन्तर्गतको परियोजना भदौदेखि कार्यान्वयनमा जाने बताउनुभयो ।
प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मक रुपमा लिएका छौँ : प्रमुख सचेतक गिरी
नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको संसद बैठकमा गल्ती स्वीकारेर गर्नुभएको सम्बोधनलाई सकारात्मक रुपमा लिएको बताउनुभएको छ ।
मेराविरुद्धको अडियो योजनाबद्ध : सांसद राणा
नेपाली काँग्रेसकी सांसद डा. आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताउनु भएको छ ।
सुदूरपश्चिम प्रदेश सभामा बजेट छलफल अनिश्चित
सुदूरपश्चिम प्रदेश सभाको १५ औं बैठकले असार ५ गते सडक दुर्घटनामा परी ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहप्रति शोक प्रस्ताव पारित गरेको छ । तर सभामा बजेटबारेको छलफल अनिश्चित रहेको छ ।
राष्ट्रिय मुद्दामा सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि सुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसदमा अवरोध भएकाले त्यो अवसर नपाएको बताउनुभएको छ ।
बीआरआईका कुनै योजना अघि बढेका छैनन् : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताउनु भएको छ ।
भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताउनुभएको छ ।
कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले उक्त मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको हो । यसअघि आइतबार पनि हेर्न नभ्याइनेमा परेको थियो ।
प्रतिनिधि सभा बैठक सुचारु, प्रधानमन्त्रीद्वारा सम्बोधन
प्रतिनिधि सभा आजको बैठक सुरु भएको छ । लामो समयदेखि अवरुद्ध हुँदैआएको सभा बैठकमा प्रमुख तीन दलका नेताहरुबीच वार्ता सफल भएपछि बैठक सुचारु गर्ने वातावरण बनेको हो ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज (सोमबार) बसेको शीर्ष नेताको बैठकमा सङ्घीय संसद्को अवरोध खुलाउने विषयमा सहमति भएको छ ।
युद्धस्तरमा नयाँ संसद् भवन निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्नेगरी नयाँ संसद् भवन निर्माण कार्य अघि बढाउन निर्देशन दिनुभएको छ ।